यातायात व्यवसायीको बन्द फिर्ता
काठमाडाैं | फागुन २, २०७९
काठमाडौं: नेपाल सरकार र यातायात व्यवसायीबीच भएको वार्ता सकारात्मक भएपछि यातायात बन्द फिर्ता भएको छ । सम्झौता गरिएका मागहरू पूरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका यातायात मजदुर र व्यवसायीसँग सरकारले आजै वार्ता गरेको थियो।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको पहलमा भएको वार्तापछि बन्दा फिर्ता भएको जानकारी उपप्रधानमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले दिनुभयो । दुवै पक्षबीच भएका सहमतिलाई लिएर प्रेस वक्तव्य तयार हुँदै गरेको जानकारी पनि सल्लाहकार गिरीले दिनुभयो ।
यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँग यातायात व्यवसायी र मजदुरबीच सिंहदरबारमा भएको वार्ता सकारात्मक भएको र यातायात बन्दका कार्यक्रम फिर्ता लिने निर्णय भएको बताउनुभयो ।
वार्तामा यातायात मजदुरलाई कुटपिट गर्नेहरूमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानबिन गर्ने, बाँकी मुद्दाहरूबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

